२१९ जना कोरोना संक्रमित थपिए, २८३ जना डिस्चार्ज – Nepal Press

२१९ जना कोरोना संक्रमित थपिए, २८३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज २१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६७७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज ७ हजार १८० जनाको पीसीआर परीक्षण २१३ र २ हजार ४९७ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज देशभरी २८३ जना डिस्चार्ज भएको जनाएको छ ।

यस्तै आज थप २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभरी आज ४ हजार ९०६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर