ए डिभिजन लिग : ब्रिगेडलाई हराउँदै संकटा तेस्रो स्थानमा – Nepal Press

ए डिभिजन लिग : ब्रिगेडलाई हराउँदै संकटा तेस्रो स्थानमा

काठमाडौं । उत्तम राईको दुई गोल प्रेरित सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले ब्रिगेड ब्वाईज क्लबलाई ३-० गोलले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा संकटाका लागि खेलको १२औं मिनेटमा उत्तमले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले जोर्डन ओवानाको क्रसमा हेडर मार्फत सुन्दर गोल गरेका थिए ।

ब्रिगेडमाथि लगातार दवाव बनाएको संकटाका लागि २८औं मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

उनले फोडे फोफानाको क्रसमा पेनाल्टि एरियाबाट गोल गरे ।

यस्तै, ३८औं मिनेटमा लक्ष्मण रूचालले संकटाका लागि तेस्रो गोल गरे । उनले ब्रिगेडका गोल किपर पुर्ण लिम्बू बिट भैसकेको अवस्थामा पेनाल्टि एरियाको एजबाट गोल गरेका थिए ।

ब्रिगेडमाथि निरन्तर दवाव बनाएको संकटाले दोस्रो हाफमा थुप्रै गोल गर्ने अवसर सृजना गरेपनि स्कोरमा कन्भर्ट गर्न सकेन ।

जितसहित ६ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ६ खेलमा ५ अंकसहित १०औं स्थानमा छ ।

आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र थ्री-स्टार क्लब भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर