महाधिवेशनस्थल पुगे अध्यक्ष प्रचण्ड – Nepal Press

महाधिवेशनस्थल पुगे अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनस्थल पुगेका छन् ।

आजबाट सुरु भएको माओवादीको आठौँ महाधिवेशनमा सहभागी हुन प्रज्ञा भवन कमलादी पुगेका हुन् ।

माओवादी केन्द्रले शनिबार साँझ मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो ।

अन्य दलका नेताहरुलाई पनि निमन्त्रणा गरिएको माओवादीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर