सेन्ट्रल जोन भलिबल : लगातार चौथो जित निकाल्दै नेपाल फाइनल नजिक – Nepal Press

सेन्ट्रल जोन भलिबल : लगातार चौथो जित निकाल्दै नेपाल फाइनल नजिक

काठमाडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार चौथो जित निकालेको छ ।

ढाकास्थित शहीद सुरावर्दि कभर्डहलमा आइतबार भएको चौथो खेलमा नेपालले उज्वेकिस्तानविरूद्ध २५-२०, २५-२३, २५-१४ को जित निकालेको हो ।

पहिलो खेलमा श्रीलंकामाथि ३–२ को नाटकीय जित निकालेको नेपालले दोस्रो खेलमाा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, तेस्रो खेलमा आयोजक बंगलादेशविरूद्ध ३(० को जित निकालेको थियो ।

लगातार चार खेलमा जित निकालेको नेपाल ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । अन्तिम खेलमा नेपालले सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगितामा शीर्ष दुई टोलीले डिसेम्बर २९ मा फाइनल खेल्ने छन् ।

प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर