सीके राउतका कार्यकर्ताको राजमार्ग अवरोध कायमै, ट्रक जलाइयो (भिडिओसहित) – Nepal Press

सीके राउतका कार्यकर्ताको राजमार्ग अवरोध कायमै, ट्रक जलाइयो (भिडिओसहित)

सिरहा । आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले ट्रकमा आगजनी गरेका छन् ।

ना ५ ख ५५२२ नम्बरको टिपरमा जनमतका कार्यकर्ताले आगो लगाएका हुन् । प्रहरीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएपनि ट्रक क्षतिग्रस्त बनेको छ । ट्रकमा आगजनीपछि अवस्था तनावग्रस्त बनेको छ ।

आज बिहान आमहड्तालको उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए । आमहड्तालका कारण सिरहामा यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना र बजार ठप्प भएको छ ।

सिरहाको औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जनामाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ ।

गाउपालिकाले किसानलाई वितरण गर्नकै लागि स्वास्थ्य केन्द्र औरहीको भवनमा गहुंको बीउ राखेको थियो । तर वितरणमा ढिलाई गरेपछि किसानहरुले गहुं कब्जामा लिएका छन् । तर गाउपालिका अध्यक्ष सिदार्थ यादवले राजनीतिक प्रतिशोधका कारण चार जनालाई फसाउएको जनमत पार्टीको ठहर छ ।

किसानहरुमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, गाउपालिका अध्यक्ष सिदार्थ यादवले भ्रष्टाचार गरेकाले छानबिन गर्नुपर्ने लगायतका माग जनमत पार्टीले राखेको छ ।


प्रतिक्रिया

2 thoughts on “सीके राउतका कार्यकर्ताको राजमार्ग अवरोध कायमै, ट्रक जलाइयो (भिडिओसहित)

  1. फेरि सुरू भयाे बन्दकाे खेल लामाे समय भएकाे थियाे बन्द नभएकाे । आखिर मारत श्रमजिबी जनतालाई नै त हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर