माओवादी महाधिवेशनमा आउन नभ्याउने भनेका ओलीका झापामा के कस्ता छन् कार्यक्रम – Nepal Press

माओवादी महाधिवेशनमा आउन नभ्याउने भनेका ओलीका झापामा के कस्ता छन् कार्यक्रम

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशन उद्घाटन समारोहमा आएर शुभकामना दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

तर, टेलिफोन गरेरै आग्रह गरेका प्रचण्डलाई ओलीले पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापामा रहेकाले आफू आउन नसक्ने जवाफ दिएका छन् ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्दा ओली झापा पुगिसकेका थिए। ओली हिजो नै झापा पुगेर विभिन्न कार्यक्रममा सहभागि भएका थिए ।

ओलीको आज पनि झापामा व्यस्त कार्यतालिका छ । तर, ती सबै सामान्य खालका छन्। तीन दिनका लागि झापा पुगेका ओलीले आज साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम छ ।

साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्ने कार्यक्रम छ।

ओलीले साढे १२ बजे दमक ४ मा अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गर्ने छन् । त्यसपछि उनले दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस रोड आम्दा सडकको उद्घाटन गर्ने छन्। ।

ओलीले अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन गर्ने छ। त्यस्तै दमकका सबै वडा कार्यलयहरुको उद्घाटन पनि गर्ने छन्। दिनभरका कार्यक्रम सकाएर ओली आज पनि दमकमै बस्ने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर