माओवादी पनि एमालेकै बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी – Nepal Press

माओवादी पनि एमालेकै बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेकै मोडलमा बहुपदीय संरचनाको अभ्यास गर्ने भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै दिन बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको हो ।

अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था विधानमा गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था यसअघि माओवादीमा थिएन । एमालेले गरेको अभ्यास माओवादीले पनि थाल्न लागेको हो । कोषाध्यक्ष भने एमालेमा अभ्यास छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर