‘ए’ डिभिजन लिग– संकटा र ब्रिगेड तथा आर्मी र थ्रीस्टार भिड्दै – Nepal Press

‘ए’ डिभिजन लिग– संकटा र ब्रिगेड तथा आर्मी र थ्रीस्टार भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल पौने ५ बजे सुरू हुनेछ ।

अपराजित संकटा ५ खेलमा ९ अंक जोडेर लिग तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै, एक जित, दुई हार, र दुई बराबरीसहित ब्रिगेड ५ खेलमा ५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

आर्मी ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । थ्री स्टार ५ खेलमा ६ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर