एसीसी यू-१९ एसिया कपमा नेपालले श्रीलंकासँग खेल्दै – Nepal Press

एसीसी यू-१९ एसिया कपमा नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ । टेष्ट राष्ट्रविरुद्धको कठिन खेल नेपाली समयअनुसार दुवईको सारजाहँ रंगशालामा नेपाली समयअनुसार सवा ११ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल बंगलादेशसग १५४ रनले पराजित भएको थियो । श्रीलंकाले भने पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो ।

नेपालको युवा टोलीले श्रीलंकासँग हालसम्म ५ पटक खेलेको छ । २००८ यता २०१९ सम्म आइपुग्दा पाँचै खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको छ ।

जारी प्रतियोगितामा समूह ‘बी’मा दुई खेलमा शतप्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ । एक खेलमा दुई अंक बटुलेको श्रीलंका दोस्रो स्थानमा छ । कुवेत र नेपालले अंक खाता खोलेका छैनन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन । समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर