माओवादी महाधिवेशन उद्घाटन समारोहमा सबै राजनीतिक दलका नेतृत्वलाई निमन्त्रणा गरिने – Nepal Press

माओवादी महाधिवेशन उद्घाटन समारोहमा सबै राजनीतिक दलका नेतृत्वलाई निमन्त्रणा गरिने

काठमाडौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले उद्घाटन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गर्ने भएको छ ।

प्रथम राष्ट्रिय सम्मेलनको अन्तिम तयारी भइरहँदा हिजो साँझ बसेको माओवादी स्थायी समिति बैठकले महाधिवेशन भन्ने निर्णय गरेको थियो । तर महाधिवेशन भन्ने नभन्नेबारे आज केहिबेरमा सुरु हुने केन्द्रीय कमिटी बैठकले अनुमाेदन गर्नुपर्नेछ ।

माओवादीको महाधिवेशनकाे उद्घाटनसत्र आज अपराह्न ३ बजेबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुनेछ ।

राष्ट्रिय सम्मेलन भएको अवस्थामा माओवादीले अन्य राजनीतिक दलका नेतृत्वलाई आमन्त्रण गर्ने निर्णय गरेको थियो । ‘महाधिवेशन भनिसकेपछि उद्घाटन समारोहमा सबै राजनीतिक नेतृत्वलाई निमन्त्रणा गरिनेछ,’ माओवादी नेता मात्रिका यादवले नेपाल प्रेससँग भनेका छन्, ‘थप निर्णय अहिले बस्ने केन्द्रीय कमिटी बैठकले गर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर