लालिगुराँस सहकारीको साधारणसभा सम्पन्न, उपत्यकामा ३ सहित ७ सुविधा केन्द्र विस्तारको तयारी – Nepal Press

लालिगुराँस सहकारीको साधारणसभा सम्पन्न, उपत्यकामा ३ सहित ७ सुविधा केन्द्र विस्तारको तयारी

ललितपुर । पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा आर्थिक वर्ष ०७७/०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले जानकारी गराए ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उनले बताए ।

कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था लि। उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए ।

उनले देशकै उत्कृष्ठ सहकारी संस्थाको पहिचान बनाउन सफल संस्थाले ५ वर्षे रणनीति तयारी गरी लागु गर्ने योजना रहेको बताए ।

उनले छिट्टै थप सदस्य सुविधा काउन्टरको बिस्तार, थप एटिएम सेवा को शुरुवात गर्ने जानकारी गराउदै संस्थालाई थप प्रविधिमैत्री र व्यवसायिक रुपमा अघि बढाउने बताए ।

सहकारी क्षेत्रको पूँजीलाई उर्जा, पर्यटन, पशुपालन, उद्योग, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्न वर्तमान सहकारी ऐन तथा नियमावलीलाई संशोधन गर्न अपरिहार्य रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविज्ञ डा. जनकराज शाहले मुलुकको हालको आर्थिक अवस्था र सहकारी क्षेत्रले खेल्नुपर्ने भुमिकाको बारेमा बालेका थिए । उनले संस्था अघि बढाउन सबै कर्मचारी , विज्ञ सल्लाहकार र सञ्चालक समितिको मुख्य भुमिका रहने उल्लेख गरे ।

संस्थाले गतवर्षदेखि ललितपुर गोदावरीमा लालीगुराँस दुग्ध प्रसोधन उद्योग समेत संचालन भएको जानकारी गराइएको छ । संस्थाले निकट भविष्यमा काठमाडौको नयाँबजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर