प्रचण्डले भने – बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा हामी हेरेको हेर्यै भयौँ – Nepal Press

प्रचण्डले भने – बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा हामी हेरेको हेर्यै भयौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका छन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् ।

सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे ।

उनले भने – उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।

भट्टराईले सर्वदलीय बैठकमा संसदको बहुमतले पारित गर्नुपर्ने अडान लिएको पनि उनले बताए । प्रतिपक्षीले संसद घेराउ गरिरहेका बेला कसको बहुमतबाट पारित गरौँ भन्नुभएको हो त्यो त्यो बुझ्न सकिएको छैन, प्रचण्डले भने ।

अन्तरक्रियामा उनले भने – संसदको बहुमतले पारित गर्नुपर्छ भनेर बाबुरामले भनेको संगतिपूर्ण छैन् । प्रतिपक्षीले घेराउ गरिरहेको छ । कसको बहुमत भनेको हो ? यस्तो राष्ट्रियतासँग गाँसिएको संवेदनशील विषय हुलमुलमा पास गरेर हुन्न ।

माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए ।

उनले भने – माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ । तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझाव अनुसार नै अगाडी बढ्छ ।

एमसीसी सम्झाैताका बारेमा नेपालका राजनीतिक दलहरु विभाजित रहेका छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डले भने – बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा हामी हेरेको हेर्यै भयौँ

  1. एक जनालाई दोषी देखाएर जस्केलाबाट उम्कने काम भडुवा र दलालले मात्र गर्ने हो र हजुर र बाबुराम बीच केही फरक छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर