प्रचण्डपथ हतारमा छाडियो तर अब त्यसैमा फर्किदैनौँ : प्रचण्ड – Nepal Press

प्रचण्डपथ हतारमा छाडियो तर अब त्यसैमा फर्किदैनौँ : प्रचण्ड

 काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रचण्डपथमा फर्किने अवस्था नभएको बताएका छन् ।

विगतमा कम्युनिष्ट पार्टीहरुसँगको एकता प्रक्रियाका क्रममा प्रचण्डपथ हतारमा स्थगित गरिएको भएपनि अब त्यसैमा फर्किने अवस्था नभएको प्रचण्डको भनाई छ ।

सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले युद्धकालिन अवस्थामा प्रचण्डपथ पारित गरिएको उल्लेख गर्दै शान्ति प्रक्रियामा आइसकेपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि स्थगन गरिएको बताए ।

कुनै छलफल र समिक्ष नै नगरि प्रचण्डपथ स्थगन हुनु गलत भएको अहिले महसुस भएपनि अब त्यसैमा फर्किन सकिने अवस्था भने नभएको उनको भनाई छ ।

उनले भने – फेरि प्रचण्डपथमा नै फर्किने हुँदैन् । तर पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिक मार्गदर्शनमा लैजान विचार बहस गरिरहेको छौँ ।

अहिले जारी स्थायी कमिटी बैठकमा यो विषयमा गम्भीर ढंगबाट छलफल भइरहेको उल्लेख गर्दै प्रचण्ड भने – प्रचण्डपथ हामीले युद्धकालिन अवस्थामा पारित गरेका थियौँ । शान्ति प्रक्रियामा आएपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि प्रचण्डपथ स्थगन गरियो । तर हतारमा छलफल र समिक्षा नगरी स्थगन भयो भन्ने बारेमा अहिले पनि पार्टीमा कुराहरु उठिरहेका छन् । कहिँ न कहिँ हामीले प्रचण्डपथ छाड्नुमा गल्ति थियो भन्ने भइरहेको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डपथ हतारमा छाडियो तर अब त्यसैमा फर्किदैनौँ : प्रचण्ड

  1. अबकाे तिम्राे पथ केही छैन । मात्र लुट्ने पथ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर