ए डिभिजन लिग : शेर्पाको जितमा मुतम्बाको दुई गोल – Nepal Press

ए डिभिजन लिग : शेर्पाको जितमा मुतम्बाको दुई गोल

काठमाडौं । मुतम्बा भ्युनयोलिको दुईगोल प्रेरित सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३—१ गोल को नतिजामा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा च्यासललाई हराउँदै शेर्पाले लिगमा दोस्रो जित निकालेको हो ।

खेलको २५औं मिनेटमा शेर्पाका लागि मुतम्बाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको शेर्पाका लागि ५६औं मिनेटमा मुतम्बाले पुन: गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्रिदेव गुरूङले गरेको प्रहार गोल किपरले पन्च गरेका थिए । त्यहिबलमा मुतम्बाले पेनाल्टी एरियाबाट सुन्दर गोल गरे ।

यस्तै, चयासलका लागि ७५औं मिनेटमा रूमेस बरतौलाले सान्त्वना गोल गरे । उनले राजिव लोप्चनको पासमा गोल गरेका थिए ।

च्यासल माथि दवाव बनाएको शेर्पाका लागि खेलको ८०औं मिनेटमा सुरेश कुमालले तेस्रो गोल गरे । उनले मनिष थापाको क्रसमा गोल गर्दै शेर्पालाई च्यासल विरूद्ध ३-१ को जित निकाल्न मद्दत गरे ।

जितसँगै शेर्पा लिगमा ६ खेलबाट ८ अंक जोड्दै तालिकाको छौठौं स्थानमा उक्लिएको छ । पराजित च्यासल समान खेलबाट ४ अंक जोड्दै रेलिगेसन जोनमा छ ।

आजै हुने दोस्रो खेलमा सविक विजेता मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर