देउवालाई प्रचण्डको प्रस्ताव – ओली बालुवाटार आउँदैनन, हामी बालकोट जाउँ – Nepal Press

देउवालाई प्रचण्डको प्रस्ताव – ओली बालुवाटार आउँदैनन, हामी बालकोट जाउँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुपर्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेका छन् ।

राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

आफूहरुले बोलाउँदा ओली बालुवाटार नआउने भएकाले उहाँलाई भेट्न बालकोट नै जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीलाई गरेको उनले बताए ।

ओलीले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको उल्लेख गर्दै उनले एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउँदा पनि ओली नआएको बताए ।

उनले भने – ओली सर्वदलीय बैठकमा बालुवाटार आउँदैनन् । बरु प्रधानमन्त्रीलाई तपाई र म बालकोट जाम भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु । मैले एमसीसीका बारेमा सबै पार्टीसँग छलफलल हुनुपर्छ भनेर बैठक गर्दा पनि ओली आउँदैनन् । उनी तेस्रो पटक संसद विघटन गराउन चाहान्छन् ।


प्रतिक्रिया

One thought on “देउवालाई प्रचण्डको प्रस्ताव – ओली बालुवाटार आउँदैनन, हामी बालकोट जाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर