सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक – Nepal Press

सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सकिएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठक धन्यवाद ज्ञापन गर्दै सकिएको हो । बैठकले निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । यसकाे जिम्मा पार्टी मुख्य सचिवलाई दिइएकाे छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनबारे छलफल र गठबन्धनमा परामर्श गर्न सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर