दुई वर्षको अवधिमा तीन हजार मानिस वेपत्ता (विवरणसहित) – Nepal Press

दुई वर्षको अवधिमा तीन हजार मानिस वेपत्ता (विवरणसहित)

काठमाडौं । गत वर्ष देखि हालसम्म वेपत्ता भएका तीन हजार भन्दा बढी मानिस अझै फेला पर्न सकेका छैनन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार २०७७ र २०७८ को अवधिमा तीन हजार जना मानिस हराएका छन् ।

१८ वर्ष देखि ६० वर्ष भन्दा माथि उमेरसम्मका मानिस हराएको प्रहरीमा जानकारी आएपनि उनीहरु फेला नपरेको नेपाल प्रहरीका प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवर बताए ।

केही मासिसहरु फेला परेपनि तथ्याङ्कलाई अध्यावधिक गर्न बाँकी रहेको तर धेरै मासिन फेला पार्न नसकिएको उनले बताए । कहाँ जान्छन र के गर्छन भन्नेमा प्रहरी समेत चकित हुने गरेको उनको भनाई छ ।

प्रहरीको तथ्याङ्क अनुसार यसै वर्षको अन्तरालमा मात्र ४५ जना बेवारिसे वालवालिका फेला पारेको जनाएको छ ।

२३ दिन देखि १६ वर्ष उमेरसम्मका यी वालवालिकालाई संरक्षणका लागि विभिन्न वालगृहमा सिफारिस गरेको प्रहरीले जनाएको छ ।

प्रहरीमा निवेदन परेका मध्ये अझैपनि नौ जना बालवालिका फेला पार्न नसकिएको प्रवक्ता कुँवरले बताए ।

आज हराएका मानिस खोजतलासका लागि निवेदन आएपछि तथ्याङक राखेपनि त्यसको अध्यावधिक नहुदाँ वेपत्ताको तथ्याङक धेरै हुन आएको प्रहरी अधिकारीहरुले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर