क्रिसमस थिममा भरतपुरमा फेसन सो (तस्बिरहरु) – Nepal Press

क्रिसमस थिममा भरतपुरमा फेसन सो (तस्बिरहरु)

चितवन । भरतपुरमा फेसन सो आयोजना गरिएको छ । चितवन स्कुल अफ फेसनको आयोजनामा गरिएको नाइट अफ वुइसेजमा २० जनाभन्दा बढी मोडलले र्‍याम्प वाक गरेका छन् ।

फेसन डिजाइनिङ अध्ययन गरिरहेका १८ जना डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गरिएको हो । भरतपुर-३ क्षेत्रपुरस्थित सनसिटी वेन्क्विटमा गरिएको फेसन सो हेर्न अभिभावक पनि सहभागी थिए ।

चितवन स्कुल अफ फेसनका प्रमुख कार्यकारीअधिकृत रञ्जित क्षेत्रीले विद्यार्थीलाई प्रोत्साहन गर्न फेसन सो गरिएको बताए । क्रिसमस डे लाई लक्षित गरेर क्रिसमस थिम, क्याजुअल, लोलिता, रेडि टु वेयर, कलर, फेब्रिक लगायतका थिममा आकर्षक पहिरन बनाएर प्रस्तुत गरिएको उनले जनाए ।

फेसन सोमा चितवनका विभिन्न ब्यूटी पेजेन्टमा सहभागी मोडलले ¥याम्प वाक गरेका थिए । कोरियोग्राफी मनिष तामाङले गरेका थिए । तीनवर्ष पहिले स्थापना भएको स्कुलबाट पहिलो व्याचमा १७ जना उर्तिण भैसकेका छन् ।

सीटीइभिटीबाट मान्यता पाएको यो स्कुलमा अहिले १८ जना अध्ययनरत छन् । १ वर्षे डिप्लोमा कोर्स पढ्न चितवन र आसपासबाट आउने गर्छन् । डिजाइनिङ पढ्दै गरेका केही विद्यार्थीले आफ्नै गार्मेन्ट समेत सञ्चालनमा ल्याएका छन् । बजारमा माग बढ्दो रहेकाले रोजगारीको अवसर सजिलै पाउने भएकाले डिजाइनिङ कोर्ष पढ्न चाहनेहरु बढेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live