अमेरिकाले एच-वानबी र एल-वान भिजामा अन्तवार्ता नलिने, नेपालीलाई राहत पुग्ने अपेक्षा – Nepal Press

अमेरिकाले एच-वानबी र एल-वान भिजामा अन्तवार्ता नलिने, नेपालीलाई राहत पुग्ने अपेक्षा

काठमाडौं । अमेरिकी विदेश विभागले केही भिजा क्याटेगोरीमा व्यक्तिगत अन्तार्वातालाई राहत दिएको छ । यो राहत एच–१ बी, एल–१ र ओ–१ क्याटेगोरीलाई दिइएको हो ।

यसबाट अमेरिका जान चाहने नेपालीलाई पनि फाइदा मिल्ने देखिएको छ । यो सुविधा ३१ डिसेम्बर, २०२२ सम्म जारी हुनेछ ।

कोभिड–१९ र यसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको बढ्दो गतिलाई मध्यनजर गर्दै बाइडेन प्रशासनले यस्तो निर्णय गरेको हो । वालस्ट्रिट जर्नलमा प्रकाशित खबरअनुसार बाइडेन प्रशासन र भिजा शाखा हेर्ने विदेश मन्त्रालयले यसबारे केहीदिनदेखि विचार गरिरहेको थियो ।

शुक्रबार गरिएको यस्तो घोषणामा एच–वानबी, एल–वान र ओ–वान वर्गको भिजामा व्यक्तिगत अन्तर्वार्ता नलिइने जनाइएको हो । यसको अर्थ, यी वर्गको भिजाको लागि अमेरिकी कन्सुलेट जानु पर्नेछैन । अहिलेसम्म पर्सनल इन्टरभ्यूलाई नै अमेरिकाले भिजा प्राप्तीको अन्तिम कदम मान्ने गरेको थियो ।

यी भिजा क्याटेगोरीमा अधिकांशले आवेदन दिने गरेका छन् । उक्त विवरणका अनुसार सिजनल वर्कस र टेम्पोररी भिजा क्याटेगोरीलाई पहिलेदेखि नै पर्सनल इन्टरभ्यूजमा छूट दिइँदै आइएको थियो ।

यो मामिलाबारे पनि विदेश विभागले स्पष्ट पार्दै सन् २०२२ को अन्त्यसम्म पर्सनल इन्टरभ्यूमा छूट दिने बताएको छ । संसारभर रहेका अमेरिकी कन्सुलेटले पर्सनल इन्टरभ्यूको कारण समस्याको सामना गर्नुपरेको थियो ।

अहिले पनि ६० प्रतिशत अमेरिकी कन्सुुलेट अहिले पनि बन्द छन् । सन् २०१९ मा महामारीअघि स्टेट डिपार्टमेन्टले १ लाख ८८ हजार भिजा जारी गरेको थियो । ७७ हजार एल–वान भिजा पनि दिइएको थियो ।

एच–वानबीच नन–इमिग्रेन्ट भिजा हो । यसको माध्यमबाट अमेरिकी कम्पनीले आफ्ना प्रविधि तथा दोस्रो क्षेत्रमा विदेशी कामदारलाई लैजाने अनुमति पाउँछन् ।

अमेरिकामा ६५ हजार एच–वानबी भिजा विदेशी कामदारलाई दिइन्छ भने २० हजार अध्ययनको लागि अमेरिका जाने विदेशी विद्यार्थीलाई दिइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर