पोखरामा तीन दिन सडक महोत्सव हुँदै, पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा – Nepal Press

पोखरामा तीन दिन सडक महोत्सव हुँदै, पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पोखरामा पुस १५ देखि १७ गतेसम्म तीन दिन सडक महोत्सव हुने भएको छ । पर्यटन विकासमा टेवा पुर्याउन उद्देश्यले पोखराका व्यवसायीहरुले महोत्सवको आयोजना गरेका हुन् ।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई थप सुदृढ पार्न महोत्सवले सहयोग पुर्याउने महोत्सव आयोजक समितिका संयोजक नरेश भट्टराईले बताए ।

महोत्सवको यो २३ औ संस्करण हो । महोत्सव पोखरा लेकसाइड आसपासको तीन किलोमिटर क्षेत्रको सडकमा आयोजना गरिने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रर्दशनी, दोहोरी गीत प्रतियोगिता, झाकी प्रर्दशनसँगै विभिन्न खेलकुद प्रतियोगिता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर