संसारकै शक्तिशाली टेलिस्कोप आज प्रक्षेपण हुँदै, एलियनको उपस्थिती पत्ता लगाउने नासाको विश्वास – Nepal Press

संसारकै शक्तिशाली टेलिस्कोप आज प्रक्षेपण हुँदै, एलियनको उपस्थिती पत्ता लगाउने नासाको विश्वास

काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन पारेर आज लन्च प्रक्षेपण हुने भएको छ ।

फ्रेन्च गुएनास्थित लन्चिङ बेसबाट रकेटको माध्यममार्फत यो टेलिस्कोप प्रक्षेपण हुने रोयटर्सले जनाएको छ । नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन् ।

९ बिलियन अमेरिकी डलरको लागतमा निर्माण गरिएको यो टेलिस्कोपलाई अहिलेसम्मकै शक्तिशाली बताइएको छ । अन्तरीक्षबाट पृथ्वीमा उडेको चराको तस्बिर पनि निकै स्पष्टरुपमा खिच्न सक्ने बताइएको छ ।

सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपभन्दा पनि यो १०० गुणा शक्तिशाली रहेको छ । यो टेलिस्कोपमार्फत ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका ग्यालेक्सी, उल्कापिण्ड र ग्रहलाई पनि पत्ता लगाउने बताइएको छ ।

एलियनको उपस्थिती र ब्रम्हाण्डको रहस्य पनि पत्ता लगाउने बताइएको छ । यसको माध्यमबाट वैज्ञानिकले ब्रम्हाण्डका रहस्य पत्ता लगाउने कोसिस गर्नेछन् । यो टेलिस्कोपको अप्टिक्समा सुन धातु प्रयोग गरिएको छ जसले इन्फ्रारेड प्रकाशलाई पनि परावर्तन गर्नसक्छ ।

सूर्यको किरणबाट यसलाई जोगाउन टेनिस कोर्टको आकारका ५ वटा तहका सनसिल्ड लगाइएको छ । टेलिस्कोपको व्यास २१ मिटर छ । यसलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजना मानिएको छ ।

जेम्स वेब टेलिस्कोपलाई हब्बल टेलिस्कोपको उत्तराधिकारी मानिएको छ । हब्बलको ठाउँमा अब यसले काम गर्नेछ । सन् १९९० मा नासाले हब्बललाई अन्तरीक्षमा स्थापना गरेको थियो ।

यो टेलिस्कोपकै मद्दतबाट ब्रम्हाण्डको उमेर १३ देखि १४ अर्ब वर्ष मूल्यांकन गरिएको थियो । ६ महिना पहिला हब्बलले काम गर्न बन्द गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर