ओमिक्रोन त्रासले क्रिसमसमा अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त : ४ हजारभन्दा बढी उडान स्थगित – Nepal Press

ओमिक्रोन त्रासले क्रिसमसमा अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त : ४ हजारभन्दा बढी उडान स्थगित

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रासको कारण विमान कम्पनीहरुले क्रिसमस सप्ताहन्तमा ४ हजारभन्दा बढी उडानहरु स्थगित गरेका छन् ।

फ्लाइटअवेयरका अनुसार क्रिसमस इभमा मात्रै २३१४ वटा उडानहरु स्थगित भएका छन् । यसको आधाजसो उडान अमेरिकामा मात्रै स्थगित भएको जनाइएको छ ।

क्रिसमसको दिनमा आज मात्र विश्वभर १४०४ वटा उडानहरु स्थगित भएका छन् । ९००० भन्दा बढी उडानहरु समयमै उड्न नसकेको समेत जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले क्रिसमसको अवसरमा जमघट नगर्न आह्वान गरेको थियो । पोप फ्रान्सिसले पनि ओमिक्रोन भेरिएन्ट संक्रमण हुन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर