सभापति देउवासहित पदाधिकारी र सदस्यले पाए निर्वाचित प्रमाणपत्र (तस्बिर/भिडिओ) – Nepal Press

सभापति देउवासहित पदाधिकारी र सदस्यले पाए निर्वाचित प्रमाणपत्र (तस्बिर/भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सो क्रममा निर्वाचन समितिका सदस्यहरुले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई खादा र माला लगाइदिएका थिए ।

कांग्रेसको प्रमाणपत्र वितरण समारोहका थप तस्बिरहरु हेर्नुहोस् –

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर