गहुँको बिउ कब्जा प्रकरणः जनमत पार्टी आन्दोलित, सिरहामा आमहडतालको घोषणा – Nepal Press

गहुँको बिउ कब्जा प्रकरणः जनमत पार्टी आन्दोलित, सिरहामा आमहडतालको घोषणा

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेको आरोपमा प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टी आमहड्तालको घोषणा गरेको छ ।

जनमत पार्टीले पवन यादवको नेतृत्वमा आन्दोलन समिति बनाएर गाउँपालिका र प्रशासनविरुद्ध आईतवार जिल्लामा आमहड्तालको घोषणा गरेको हो । जनमत पार्टीकै समन्वयमा शुक्रबार किसानहरुले गाउँपालिकामा तालाबन्दी र प्रदर्शन समेत गरेको थियो ।

प्रहरीले औरही गाउँपालिका– ३ कड्हरबाका किसान मिथिलेश यादवलाई बिहीबार पक्राउ गरेको थियो। गाउँपालिकाको कृषि शाखाले गहुँ र स्वास्थ्य सामग्री लुटपाट गरेको भन्दै चार किसानविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएको छ । सोही आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेको र अन्यको खोजी गर्न थालेपछि जनमत पार्टी आन्दोलित बनेको छ ।

चार दिनअगाडी गाउँपालिकाले किसानलाई नै वितरण गर्न करिब साढे तीन सय बोरा गहुँको बीउ स्वास्थ्य चौकीमा थन्काएर राखेको थियो । वितरणमा ढिलाइ गरेको र आफ्ना मान्छेलाई रातिको समयमा वितरण गर्ने गरेकाले किसानहरु आवश्यकता पूर्तिका लागि गहुँको बीउ लगेको जनमत पार्टी आन्दोलन समितिका संयोजक पवनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले शनिबार जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गर्ने र आइतबार सिरहा जिल्ला आमहड्तालको घोषणा गरेका हुन् । माग पूरा नभए सोमबाररदेखि अझ सशक्त आन्दोलन गर्ने उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर