एमालेको जिल्ला र प्रदेश अधिवेशन तयारीका लागि सातवटै प्रदेशमा बैठक सम्पन्न – Nepal Press

एमालेको जिल्ला र प्रदेश अधिवेशन तयारीका लागि सातवटै प्रदेशमा बैठक सम्पन्न

काठमाडौं । पुस २३ गते आयोजना हुने नेकपा (एमाले) काे जिल्ला अधिवेशनहरू र माघ ८ गते आयोजना हुने प्रदेश अधिवेशनहरूको तयारीका लागि सातवटै प्रदेश कमिटीका बैठकहरू सम्पन्न भएका छन् ।

पुस ४ गते दुई नम्बर प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश, पुस ५ गते लुम्बिनी प्रदेश, पुस ८ गते एक नम्बर प्रदेश र सुदूर पश्चिम प्रदेश तथा पुस ९ गते वागमती प्रदेश कमिटीका बैठकहरू सम्पन्न भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

जिल्ला अधिवेशन र प्रदेश अधिवेशबाट नयाँ नेतृत्व चयन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर