उपेन्द्रको प्रश्न : हिजाेसम्म मत हालेका नागरिक आज कसरी अयोग्य ? – Nepal Press

उपेन्द्रको प्रश्न : हिजाेसम्म मत हालेका नागरिक आज कसरी अयोग्य ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानसभा निर्वाचनसम्म मत हाल्न योग्य नागरिक अहिले कसरी अयोग्य भए भन्दै प्रश्न गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हिजो मत हाल्न योग्य नागरिकहरु अहिले कसरी अयोग्य भए भन्दै प्रश्न गरेका हुन् ।

उनले भने — नेपाली नागरिकलाई सन्तालाई भोटर लिष्टबाट समेत नाम हटाउन थालेछ । जो हिजो मत हाल्न योग्य थियो । आज अयोग्य कसरी भयो ? यो नीति कसरी बन्यो । यस्ता अभ्यासहरुलाई बदल्नुपर्छ ।

देशमा आमाबुवा जन्मसिद्ध नागरिकता लिएका भएपनि उनीहरुको सन्तानले अहिलेसम्म नागरिकता नपाउनुको कारण के भन्दै यादवले अगाडि भने, ‘धेरै नेपाली नागकिरहरुले हिजो संविधानसभा निर्वाचनसम्म मतदान गर्दै आएका थिए । अहिले आएर नागरिकता नदिने गल्ति राज्यले गर्ने उनी आफ्नै नागरिकलाई अयोग्य बनाउने काम भएको छ । मतदाता सूचीको नामबाट हटाउने काम भएको छ । मतदानको अधिकारबाट बञ्चित गराइएको छ ।’

नेपाली नागरिकले जसले नागरिकताको प्रमाणपत्र लियो, लियो भन्ने कुरालाई आधार बनाएर मात्रै उसको मौलिक हक हनन गर्न नहुने उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर