इन्जिनियर थापाको ‘मुठीभरको योगदान’ विमोचन – Nepal Press

इन्जिनियर थापाको ‘मुठीभरको योगदान’ विमोचन

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका पूर्वमहानिर्देशक इन्जिनियर शशिबहादुर थापाको ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ ।

पूर्व प्रधानन्यायाधीश दिलिप पौडेल, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना, प्राडा रमेशचन्द्र अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा पूर्वप्रधान न्यायाधीश पौडेलले लेखक थापाले सरकारी सेवामा गरेको योगदानको प्रशंसा गरे ।

उनले भने, ‘शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको कार्यकालमा होस वा उपत्यकाको फोहोर व्यस्थापन प्रमुखको भुमिका निर्वाह गर्दा होस उहाँले सरकारले जिम्मा दिएको सबै सरकारी निकायमा रहदा सफलता पुर्वक काम गर्न सक्ने इन्जिनियर थापाले ३३ वर्षे सरकारी सेवा अवधिमा गर्नुभएको योगदान प्रशंसनीय छ ।’

संस्कृतिविद् सत्यमोहन जोशीले इन्जिनियर थापाले पुस्तकमा उल्लेख गरेका सबै काम प्रशंसा गर्न योग्य रहेको बताए । उनले भने, टुंडिखेलदेखि रत्नपार्कसम्मको बाटो बिस्तार गरी घेरबार लगाउने, वि.सं २०४५ सलाको भुकम्प पछिको पुनःनिर्माणमा उहाँले गर्नुभएको काम प्रशंसा योग्य रहेको छ ।’

विष्णुमतीलिंक रोडको परियोजनाकारको रुपमा रहेको थापाले सरकारी सेवामा रहँदा देशलागि दर्जनौ सम्झनयोग्य काम गरेको आफुलाई जानकारी भएको जोशीको भनाई थियो ।

पूर्वमन्त्री बुद्धीराज बज्राचार्यले ऐतिहासिक नगरी ललितपुर विशेषगरी पाटन क्षेत्रको विकास गर्ने मुख्य व्यक्तिको रुपमा परिचय कमाएका भएका इन्जिनियर थापाबाट आफूले धेरै विषयमा जान्न पाएको बताए ।

प्राडा रमेशचन्द्र अधिकारीले लेखक थापाले सरकारी सेवामा कार्यरत रहँदाको अवस्था बारेमा लेखिएको पुस्तक अध्ययन गर्न लायक रहेको बताए ।

लेखक थापाले आफुले २ वर्ष लगाएर तयार गरेको पुस्तकको वाल्यकाल, अध्ययन र कामको शिलशिलामा गरेका विषय लाई केन्द्रीत गरेको बताए । उनले राजा वीरेन्द्रको निजी निवास, श्री सदनदेखि नागार्जुन दरबारको इन्जिनियरिङ काम पछिको दरबारका संरचना निर्माण गरेको बारेमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर