तक्मे बुढाको फिल्म ‘आकाशे खेती’ फागुन २७ मा : तिब्बती शरणार्थीको कथावस्तु समावेश – Nepal Press

तक्मे बुढाको फिल्म ‘आकाशे खेती’ फागुन २७ मा : तिब्बती शरणार्थीको कथावस्तु समावेश

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकाशे खेती’ को पोस्टर लन्च भएको छ । फागुन २७ गते प्रदर्शन मिति तोक्दै फिल्मले प्रचारप्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो ।

गौरव पहारी, विल्सनविक्रम राई ‘तक्मे बुढा’, बुद्धी तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देलको मुख्य भूमिका फिल्ममा छ । बिना मिहिनेत पैसा कमाउने सपना र तिब्बती शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन् ।

फिल्मले तिब्बती शरणार्थी कसरी अवैधरुपमा नेपाल प्रवेश गर्छन् र उनीहरुलाई कसरी नेपालको बाटो हुँदै भारत लगिन्छ भन्ने कथावस्तु फिल्ममा छ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको संवाद भने विल्सन स्वयमले लेखेका हुन् । एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धोन्द, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर