भारतका महत्वपूर्ण १०० पेशाकर्मीको सूचीमा देवयानी राणा – Nepal Press

भारतका महत्वपूर्ण १०० पेशाकर्मीको सूचीमा देवयानी राणा

काठमाडौं । नेपालका स्वर्गीय पूर्वयुवराज दिपेन्द्रकी प्रेमिकाका रुपमा चर्चित देवयानी राणा भारतको महत्वपूर्ण १०० पेशाकर्मीको सूचीमा परेकी छन् । ‘रेपुटेसन टुडे’ नामक संस्थाले प्रकाशित गरेको सूचीमा देवयानीलाई ४६ औं स्थानमा राखिएको छ ।

नेपालका पुराना राजनीतिज्ञ पशुपतिशम्शेर राणाकी छोरीसमेत रहेकी देवायनी हाल कोकाकोला कम्पनीमा आवद्ध छन् । गत असारमा मात्रै कोकोकोलाले उनलाई भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार तथा दिगो विकास मामिला सम्वन्धी उपाध्यक्षमा नियुक्त गरेको थियो ।

हाल ४७ वर्षिया देवयानीले मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् । दरवार हत्याकाण्डको पाँच वर्षपछि उनीहरुको विहे भएको थियो । उनीरुका एक छोरा छन् ।

नेपालमा दरबार हत्याकाण्ड हुनुमा दिपेन्द्र र देवयानीको प्रेम सम्वन्धलाई मुख्य कारण मानिँदै आएको छ । देवयानीसँग विवाहका लागि राजपरिवारले स्वीकृति नदिएपछि दिपेन्द्रले हत्याकाण्ड मच्चाएको दरवार हत्याकाण्डसम्वन्धी प्रतिवेदनमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर