ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा एनआरटीको चौथो बराबरी – Nepal Press

ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा एनआरटीको चौथो बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) र नेपाल एपीएफ क्लबले ३-३ गोलको बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छैठौं चरणको पहिलो खेलमा एनआरटीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो ।

खेलको ३२औं मिनेटमा दर्शन गुरूङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । उनले मेसुके ओलोमोउको लामो पासमा हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

यस्तै, आशिष लामाले ३७औं मिनेटमा एपीएफका लागि बराबरी गोल फर्काए । उनले, प्रदिप लामा को क्रसमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको चार मिनेट नबित्दै दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई पुन एक गोलको अग्रता दिलाए । उनले रन्जन बिष्टको क्रसमा पेनाल्टी एरियाबाट सुन्दर गोल गरेका थिए ।

यस्तै, खेलको ६१औं मिनेटमा मेसुकेले एनआरटीका लागि तेस्रो गोल गर्दै गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाउन मद्दत गरे । तर, त्यसको चार मिनेट नबित्दै दिपेश धिमालले एपीएफका लागि दोस्रो गोल गरे । उनले नवीन लामाको फ्रिकिक मार्फत गोल गरेका थिए ।

एनआरटीले अग्रता जोगाउन नसक्दा ६९औं मिनेटमा एपीएफका नवीन लामाले गोलल गर्दै खेललाई बराबरीमा ल्याए ।

उनले आशिष लामाको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलमा निर्धारित समयसम्म पनि दुवै टोलीले अग्रता लिन नसक्दा खेल बरबरीमा सकिएको हो ।

लिगमा एक खेल मात्र जितेको एपीएफले आजको खेलमा आदामा दोउमेबियालाई दोस्रो विदेशी खेलाडीको रूपमा टोलीमा समावेश गरेको थियो ।

यसअघि पाँचौ चरणमा फ्रेन्ड्स विरूद्धको खेलमा जापानिज खेलाडी युरा कुरियामालाई पहिलो विदेशि खेलाडीको रूपमा टोलीमा समावेश गरेको थियो ।

बराबरीसँगै एपीएफ ६ खेलबाट १ जित, २ बराबरी र ३ हारसहित ५ अंक जोड्दै तालिकाको ११औं स्थानमा छ ।

एनआरटी १जित ४ बराबरी र १ हारसहित समान खेलबाट ७ अंक जोडेर छैठौं सथानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर