तामाङ पोशाकमै नेपालीमूलकी काउन्सिलरले अष्ट्रेलियामा लिइन् सपथ (भिडिओ) – Nepal Press

तामाङ पोशाकमै नेपालीमूलकी काउन्सिलरले अष्ट्रेलियामा लिइन् सपथ (भिडिओ)

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा निर्वाचित नेपालीमूलकी काउन्सिलरले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । डिसेम्बर ४ तारिखमा त्यहाँ निर्वाचन भएको थियो ।

सिड्नीको क्यान्टबरी ब्याङस् टाउन सिटी काउन्सिलमा नेपालीमुलकी नर्स भद्रा वाइबा काउन्सिलर पदमा निर्वाचित भएकी थिइन् । सपथ लिन वाइवा तामाङ पोशाकमा सजिएर त्यहाँ पुगेकी थिइन् । काउन्सिल महानिर्देशक म्याथ्यु स्टेवार्डले भद्रा लगायत नवनिर्वाचित काउन्सिलरलाई पद तथा गोपनियताको सपथ खुवाए ।

मौलिक भेषभुषामा सजिएर सपथ लिन पाउदा नेपाली हुनुको गर्व महसुस भएको भद्राले बताइन् । त्यहाँको लेवर दलबाट भद्रा दोस्रो वरियताका उम्मेदवार थिइन् । १५ जना काउन्सिलर पदमा भद्राको पार्टीले ९ वटा सिट जितेको छ । नेपालीमा विद्यार्थी राजनीतिमा समेत सक्रिय भद्रा दशकदेखि लेवर दलमा सक्रिय छिन् ।

पेशाले रजिष्टर्ड नर्स हुन् भद्रा । वीर अस्पताल र प्रसुती गृहमा १८ वर्ष नर्सिङ सेवा गरेर सन् २००८ मा भद्रा अष्ट्रेलिया पुगेकी थिइन् । सिन्धुली घर भएकी भद्राले महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको स्थापनामा पनि भूमिका खेलेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर