मसालको विद्रोही समूह माओवादी केन्द्रमा समाहित – Nepal Press

मसालको विद्रोही समूह माओवादी केन्द्रमा समाहित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता भएको छ। शुक्रबार त्रिपुरेश्वरमा आयोजित एक समारोहबीच दुबै पार्टीबीच एकताको घोषणा गरिएको हो ।

एकता सम्झौतामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विद्रोही समूह नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका हुन् ।

नेपालको राजनीतिक परिर्वतमा प्रचण्ड नेतृत्वको माओवादीको भएको स्वीकार गर्दै मसालको विद्रोही समूह समाहित भएको हो । सम्झौतमा चाँडै तल्लोतहसम्म एकीकरणका काम टुंग्याउने बताइएको छ ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह भएर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।

मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै बिहीबार पार्टीमा फर्कन आग्रह गरेका थिए।

विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ।


प्रतिक्रिया

One thought on “मसालको विद्रोही समूह माओवादी केन्द्रमा समाहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर