११ वटा सम्पदा गुठी संस्थानलाई हस्तान्तरण – Nepal Press

११ वटा सम्पदा गुठी संस्थानलाई हस्तान्तरण

काठमाडौं । भुकम्पले क्षति भएका मध्ये  पुनर्निमाण भएका ऐतिहासिक तथा पुरात्वात्विक सम्पदा गुठी संस्थानलाई हस्तान्तरण गरिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण सम्पन्न गरेको ११ वटा सम्पदा सम्बन्धित निकाय गुठी संस्थानलाई हस्तान्तरण गरेको हो ।

समितिले थापाथली टेकुमा २८ वटा सम्पदा निर्माण गर्ने मध्ये पहिलो प्याकेजमा ११ वटा निर्माण सम्पन्न गरेको छ ।

समितिले गुठी संस्थान र गुठीयारहरु बिहिबार हस्तान्तरण गरेको आयोजनाका सहायक आयोजना निर्देशक रमिता श्रेष्ठले जानकारी दिइन ।

उक्त भवन शहरी विकास मन्त्री रामकुमारी झाक्रीले हस्तान्तरण गरेकी हुन् ।

संस्थानलाई हस्तान्तरण गरिएका सम्पदाहरुमा शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहितघाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, कार्की सत्तल, मानन्धर सत्तल, मुन्सीघाट सत्तल र पञ्चनारी सत्तल रहेका छन् ।

हस्तान्तरण भएका सम्पदाहरुको व्यवस्थापनमा सम्बन्धित पक्षले विशेष ध्यान दिएर संरक्षण गर्दै सम्पदाको शहर काठमाडौंलाई बचाउन सहयोग गर्नु पर्ने मन्त्री झाक्रीले बताइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर