यू-१९ एसिया कप : बंगलादेशले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य – Nepal Press

यू-१९ एसिया कप : बंगलादेशले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य

काठमाडौं । अन्डर १९ एसिया कप अन्तरगत शारजाहमा जारी एकदिवसीय क्रिकेटमा नेपाललाई बंगलादेशले २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले प्रान्तिक नवरोज नविलको आक्रामक शतकको मद्दतमा २९७रनको स्कोर खडा गरेको हो ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका नविलले ११२ बलको सामना गर्दै ११ चौका र १ छक्का सहित १२७ रन बनाए । उनी अन्त्यसम्म अविजित रहेका थिए । मध्यक्रमका ब्याट्सम्यान मोहम्मद फहिमले पनि ५८ रनको अर्धसतकीय इनिङ खेल्दै नविललाई साथ दिए ।

बलिङतर्फ नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद अदिल आलमले १–१ विकेट बाँडेका छन् । नेपाली बलरहरुले सुरुवातमा कसिलो बलिङ गरे पनि नियमित विकेट झार्न नसकेपछि बंगलादेशी ब्याट्सम्यानहरु हावी भएका थिए ।

सुरुको ३० ओभरमा ११६ रन मात्रै जोडेको बंगलादेशले पछिल्लो २० ओभरमा १८१ रन जोड्न सफल भए । अन्तिम १० ओभरमा बंगलादेशले ९८ रन बटुल्यो ।

समग्रमा नेपाली बलरहरुको प्रदर्शन निराशाजनक रह्यो । आशा गरिएका बलर दुर्गेश गुप्ताले ९ ओभरमा ५९ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् । गुल्सनले १० ओभरमा १ विकेटका लागि ६० रन खर्चिए ।

दुई स्पिनर बसिर अहमद र देव खनालले कसिलो बलिङ गरे पनि विकेट लिन असफल भए । बंगलादेशले गुमाएका चार विकेटमध्ये एक ब्याट्सम्यान रनआउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर