अनुमति बिना आफ्ना गीत प्रयोग नगर्न रेखा शाहको चेतावनी – Nepal Press

अनुमति बिना आफ्ना गीत प्रयोग नगर्न रेखा शाहको चेतावनी

काठमाडौं । यस्तो लाग्छ, रिलिजको ३० वर्षसम्म पनि सिमसिमे पानी र रेखा शाह एकअर्काका पर्याय लाग्छन् । उनकै शब्द, लय र स्वरमा समावेश उक्त गीत अहिले पनि कालजयी लाग्छ ।

गायिका शाहले सामाजिक संजालमार्फत आफ्ना गीतहरुको अनाधिकृत प्रयोग गर्न चेतावनी दिएकी छिन् । बिहीबार बेलुका फेसबुकमार्फत उनले आफ्ना सिर्जनालाई अनुमतिबिना टेलिभिजन रियालिटी सोमा गाइएकोप्रति उनले ध्यानाकर्षण गराएकी हुन् ।

आफ्नो अनुमतिबिना म्युजिक ट्रयाक बनाएर गाइएकाले सर्जक र सर्जकमाथि अन्याय तथा हेपाह ब्यवहार भएको उनले बताएकी छिन् । ‘आगामी दिनमा यसरी व्यवसायिक प्रयोजनका निम्ति मेरो गीत प्रयोग नगरिदिनुहुन अनुरोध छ’ उनले भनेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ‘मेरो अनुरोधलाई बेवास्ता गरि प्रयोग गरिएमा प्रतिलिपि अधिकारको कानून र कसैको सम्पत्ति भोगचलन बापतको ठगी मुद्दाअनुसारको कानूनी कार्वाही गरिने जानकारी गराउँछु ।’

३० वर्षअघि सिमसिमे पानीमाको ओरजिनल गीत रिलिज भएपछि ६ वर्षअघि यसलाई पुनः एरेन्जसहित रिलिज गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर