प्रहरीका बहालवाला एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा फेला – Nepal Press

प्रहरीका बहालवाला एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा फेला

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले नेपाल प्रेससँग भने, ‘तपाइले जे सुन्नुभयो त्यहि हो ।’

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले  उनको मृत्यु संकास्पद भएकाले मृत्युबारे अनुसन्धान सुरु गरिसकेको  जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर