थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप काठमाडौं आइपुग्यो – Nepal Press

थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज विहान ल्याइएको फाइजर खोप टेकुमा भण्डारण गरिएको छ ।

पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ । नेपालले यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत् १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो। उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीका बिरामीहरूलाई लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर