अगस्ट २०२३ मा आमनिर्वाचन गर्ने म्यानमार सेना प्रमुखको घोषणा – Nepal Press

अगस्ट २०२३ मा आमनिर्वाचन गर्ने म्यानमार सेना प्रमुखको घोषणा

यांगुन । म्यानमारका सेना प्रमुखले आगामी अगस्ट २०२३ मा आमनिर्वाचन आयोजना गर्ने तयारी भएको बताएका छन् । अमेरिकासहित अन्तर्राष्ट्रिय शक्तिहरुले चाँडै आमनिर्वाचन गर्न दबाब दिइरहेको बेला जुन्ता सैनिक प्रमुख मिनआङ हिलाङले उक्त कुरा बताएका हुन् ।

यांगुनस्थित सैनिक विश्वविद्यालयका प्रमुख र प्राध्यापकसँगको छलफलमा सेना प्रमुखले भने, ‘शान्ति र स्थायित्वलाई सुनिश्चित गर्न हामीले सन् २०२३ को अगस्टमा आमनिर्वाचन गर्ने तयारी गरेका छौं ।’

सेना प्रमुख र विश्वविद्यालयका पदाधिकारीबीचको उक्त छलफललाई राज्य नियन्त्रित एमआर टिभीले प्रत्यक्ष प्रसारण पनि गरेको थियो । सेनाले त्यहाँका केही राजनीतिक दलहरुलाई छलफलमा बोलाएपछि जुन्ता सैनिकले नियुक्त गरेका पदाधिकारीसँग छलफल गर्न उनीहरु आएनन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले म्यानमारमा लोकतन्त्र पुनर्बहाली गर्नेतर्फ दबाब बढाउन अमेरिकाले प्रतिबन्ध लगाउनेदेखिका उपायहरु सोचिरहेको बताएपछि म्यानमारका सेना प्रमुखबीच यस्तो भनाइ आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर