श्रीमती हत्याको अभियोगमा युवक पक्राउ – Nepal Press

श्रीमती हत्याको अभियोगमा युवक पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले हत्याको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । श्रीमतिको हत्याको अभियोगमा भरतपुर महानगरपालिका-६ अमरवस्तीका २५ वर्षीय साजन महतो पक्राउ परेका हुन् ।

उनकी श्रीमती २२ वर्षीया अम्बिका महतो यहि ६ गते विहान आफ्नै घर छेउमा घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि भरतपुर अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितवन प्रहरिका प्रवक्ता नरहरि अधिकारीले मृतकको शरिरमा घाउचोट देखिएपछि घटनाबारे अनुसन्धान गर्दा कुटपिटबाट ज्यान गएको खुलेको बताए ।

कुटपिट गरेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रवक्ता अधिकारीले जनाए । पक्राउ परेका साजन महतोलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर