सेन्ट्रल जोन भलिबलमा महिला टोली माल्दिभ्स र पुरुष टोलीले उज्वेकिस्तानसँग खेल्दै – Nepal Press

सेन्ट्रल जोन भलिबलमा महिला टोली माल्दिभ्स र पुरुष टोलीले उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं । एभीसी सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिता अन्तर्गत नेपालको महिला टोलीले आज माल्दिभ्सविरुद्ध खेल्दा लगातार दोस्रो जित निकाल्न प्रयासरत हुनेछ ।

बलियो प्रतिस्पर्धी श्रीलंकालाई हराएर विहीबार प्रतियोगितामा सुखद सुरुआत गरेको नेपालका लागि माल्दिभ्स तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी हो । नेपालले अघिल्लो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि उचालेको थियो ।

श्रीलंकाविरुद्ध ३–२ को सेटमा जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक जगदिश भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

नेपाल र माल्दिभ्सको खेल विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

शुक्रबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ पौने ६ बज सुरु हुनेछ ।

प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर