स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन – Nepal Press

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दिएमा अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने आगामी राष्ट्रपति चुनाबमा उम्मेदबार बन्ने बताएका छन् । अमेरिकामा प्रत्येक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ ।

सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन् ।

बुधबार एबीसी वर्ल्ड न्युजसँगको अन्तर्वार्तामा बाइडेनले दोस्रो कार्यकालको पनि राष्ट्रपतिय उम्मेदबार बन्ने बताएका हुन् । के अर्को निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधिएको प्रश्नमा बाइडेनले सो जवाफ दिएका हुन् ।

सो क्रममा उनले भनेका थिए : हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर