बिदा मनाउन अमेरिकादेखि नेपाल आइन् श्रृंखला (भिडिओ) – Nepal Press

बिदा मनाउन अमेरिकादेखि नेपाल आइन् श्रृंखला (भिडिओ)

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा अहिले काठमाडौंमा छिन् । दुई कारणले उनको आगमन जुरेको छ । पहिलो : क्रिसमसको छुट्टी सेलिव्रेसन गर्ने र दोस्रो : हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक बिमोचन ।

बिहीवार राजधानीमा आयोजित हजुरबुबाको पुस्तक विमोचन कार्यक्रममा श्रृंखला पनि उपस्थित थिइन् ।

सो अवसरमा नेपाल प्रेससँग कुरा गर्दै श्रृंखलाले विश्वविद्यालयमा क्रिसमसको बिदा हुनु र नेपालमा हजुरबुबाको पुस्तक बिमोचन एकैपटक हुनु सुखद संयोग भएको बताइन् ।

‘सायद हजुरबुबाले नातिनीलाई पनि समेट्न चाहनुभएको थियो होला’ उनले भनिन्, ‘म असाध्यै खुशि छु । उहाँले मनका धेरै कुरा पब्लिक सामु राख्न चाहनुभएको थियो । दुईवर्षदेखि उहाँले मिहेनत गर्नुभएको थियो ।’

सादा जीवनको मन्त्र हजुरबुबाबाट सिकेको बताउँदै श्रृंखलाले उहाँको जीवनशैलीबाट सबैले सिक्नुपर्ने बताइन् ।

उनी हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न चार महिनाअघि अमेरिका प्रस्थान गरेकी थिइन् । त्यहाँ रहँदा आफूले नेपाल र नेपालका विषयलाई सार्ने गरेको बताइन् ।

अमेरिका जानुअघि र फर्केपछि घरको माहौल बदलिएको अनुभव सुनाउँदै घरमा फर्कँदा बुवा विरोध खतिवडालाई मन्त्रीको रुपमा भेटेको उनले सुनाइन् । ‘बाब बिजी हुनुभएको पाएँ । जाँदा उहाँ सांसदमात्र हुनुहुन्थ्यो । फर्कँदा उहाँ मन्त्री हुनुभएको छ’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर