५ महिनामा ८८ अर्व रुपैयाँ राजस्व सङ्कलन – Nepal Press

५ महिनामा ८८ अर्व रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं । वीरगञ्ज नाकाबाट आयात तथा निर्यात बढेसँगै राजस्व संकलन पनि बढेको छ ।

पछिल्लो ५ महिनाको अवधिमा मात्रै त्यहाँबाट ८८ अर्व रुपैयाँराजस्व उठेको छ । जुन गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा उठेको राजस्वभन्दा ५२ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७७/७८को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सोही अवधिमा ८८ अर्ब ६९ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर