प्रकाश सुवेदीले ‘चरित्र हत्या’ गरेको भन्दै प्रेस काउन्सिलमा वर्षा शिवाकोटीको ध्यानाकर्षण – Nepal Press

प्रकाश सुवेदीले ‘चरित्र हत्या’ गरेको भन्दै प्रेस काउन्सिलमा वर्षा शिवाकोटीको ध्यानाकर्षण

काठमाडौं । एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ले आफू लगायतका कलाकारको चरित्र हत्या गरेको आरोप लगाउँदै नायिका वर्षा शिवाकोटीले पे्रस काउन्सिलमा ध्यानाकर्षण पत्र बुझाएकी छिन् ।

शिवाकोटीले बुझाएको पत्रमा कार्यक्रम संचालक प्रकाश सुवेदीले मानमर्दन गर्ने खालका समाचार प्रसारण गरेको भन्दै काउन्सिलसमक्ष ध्यानाकर्षण गराएको उल्लेख छ ।

‘ममात्र होइन, उद्योगकै हितको लागि पनि ध्यानाकर्षण गराउनु जरुरी थियो’ नेपाल प्रेससँग वर्षाले भनिन्, ‘तर, उहाँलाई कार्वाही गर्नुपर्छ भनेर उजुरी दिएको चाहिँ होइन ।’

रजतपटमा यसअघि प्रसारित समाचारमा उल्लेख भएजस्तो ‘अरु कसैको लगानीमा अपार्टमेन्ट खरिद गरेको भन्ने समाचारमा आफ्नो असहमति रहेको वर्षाले बताएकी छिन् ।

‘मुख्य कुरा अरु कसैको लगानीमा अपार्टमेन्ट खरिद गरेको भन्ने न्यूजमा मेरो आपत्ति हो’ नेपाल प्रेससँग उनले भनिन् ।

यसअघि पनि सुवेदीको कार्यक्रमलाई लिएर केही निर्मात्री र नायिकाले काउन्सिलमा उजुरी दिएका थिए । एपीवानले केही महिनाअघि सुवेदीले होस्ट गर्ने कार्यक्रमलाई निलम्बन समेत गरेको थियो ।

वर्षाले यसअघि ललितपुर हात्तीवनस्थित सिटी स्केपमा २ करोड ५० लाख रुपैयाँ तिरेर अपार्टमेन्ट खरिद गरेकी थिइन् । भक्तपुर कौशलटारमा बस्दै आएकी वर्षा अहिले भने उक्त अपार्टमेन्टमा बस्दै आएकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर