केन्द्रीय सदस्य निर्वाचित भएपछि वीपीको पुर्ख्यौली गाउँ पुगे स्नेही – Nepal Press

केन्द्रीय सदस्य निर्वाचित भएपछि वीपीको पुर्ख्यौली गाउँ पुगे स्नेही

सिन्धुली । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रकाश रसाईली स्नेहीले पृथ्वीनारायण शाह र वीपी कोइरालाप्रति हरेक नेपालीको सम्मान बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सिन्धुलीको दुम्जास्थित वीपीको पुर्ख्यौली घरमा पुगेका स्नेहीले त्यहाँको माटो ढोग्दै लोकतान्त्रिक, समावेशी र समाजवादी मुलुक निर्माणका लागि वीपी विचार नै महत्वपूर्ण रहेको बताएका हुन् ।

केन्द्रीय सदस्य बनेपछि वीपी कोइराला र उनका पिता कृष्णप्रसाद कोइरालाप्रति सम्मान व्यक्त गर्न आफू सिन्धुली आएको उनले बताए ।

‘पिता कृष्णप्रसाद कोइरालाले यही माटोबाट प्रजातन्त्रको विगुल फुक्नुभएको थियो । यो माटो ढोगेर उहाँ र वीपीले देखाएको प्रजातान्त्रिक समाजवादको बाटोमा हिड्ने प्रण गर्दछु’, स्नेहीले भने । स्नेही दलित खुलातर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

स्नेहीले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाह र राजनीतिक एकीकरणका लागि वीपी कोइराला सर्वकालीन महान् रहेको बताए ।

वीपीको पुर्ख्यौली गाउँबाट आफू गोरखा पुगी पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरेर मात्रै केन्द्रीय समिति बैठकमा सहभागि हुने स्नेहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर