ब्रुसलीका को-स्टारले अभिनय गरेको नेपाली फिल्म ‘फाइट एन्ड फ्युरी २’ गीत लन्च (भिडिओ) – Nepal Press

ब्रुसलीका को-स्टारले अभिनय गरेको नेपाली फिल्म ‘फाइट एन्ड फ्युरी २’ गीत लन्च (भिडिओ)

काठमाडौँ। नेपाली कलाकार तथा मार्सल आर्ट्सका खेलाडी सन्नी बी केसीको फिल्म ‘फाइट एण्ड फ्युरी २’को गीत लन्च भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शीर्ष गीत रिलिज गरिएको हो ।

पूर्वडीआइजी रमेश खरेल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले गीत सार्वजनिक गरे । चर्चित अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरिसकेका अभिनेता बब वालको समेत अभिनय रहेको फिल्ममा लियो फ़ोङ्ग, जोस्फ़ माइकल, एमएमए फाइटर लगायतका अमेरिकी कलाकारको अभिनय छ ।

सार्वजनिक शीर्ष गीतमा अभिनेता सन्नी बीलाई मात्र चित्रण गरिएको छ ।

अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार सन्नीले बताए । कार्यक्रममा बोल्दै उनले अमेरिकामा रहे पनि नेपाली फिल्मको लागि आफू खटिरहेको बताए । चाँडै नेपाली फिल्म निर्माणको तयारी गरिरहेको उनले जनाए ।

पूर्वडीआईजी रमेश खरेलले कलेज पढ्दाको समयको शन्नी बिको बारेमा सुनेको बताए। ‘कलेज पढ्दा देखि नै उनले फिल्ममा रुचि राख्थे । ब्रुस्लीको फिलम हेरेर एक्सन गर्थे । मार्शल आर्टका खेलाडी समेत रहेका सन्नीले अहिले आएर हलिउडमा समेत काम गरेकोमा निकै नै खुशि छु’ उनले भने । शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन्।

एक्सन जनराको यस फिल्ममा मानव बेचबिखनको कथावस्तुलाई प्रस्तुत गरिएको छ । गोबिन्दा, मिथुनका फिल्ममा पनि काम गरिसकेका केसीले एक दशकअघि गोर्खा रक्षक फिल्म रिलिज गरेका थिए । ‘फाइट एण्ड फुरी २’ लाई अमेरिकी फिल्म हल तथा केही ओटीटी प्लेटफर्ममा रिलिज गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर