माओवादीले राष्ट्रिय सम्मेलनमा विदेशी पाहुनालाई नबोलाउने – Nepal Press

माओवादीले राष्ट्रिय सम्मेलनमा विदेशी पाहुनालाई नबोलाउने

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा नेकपा माओवादी केन्द्रले देश तथा विदेशबाट पाहुनालाई नबोलाउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताए ।

तर, दुई ठूला दल कांग्रेस र एमालेले चाहिँ पछिल्ला महिनाहरुमा भएका महाधिवेशनहरुमा विदेशी पाहुनालाई बोलाएका थिए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनमा एक हजार ५३३ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर