नाडामा महासचिव र कोषाध्यक्ष निर्विरोध निर्वाचित, कसलाई कुन पद ? – Nepal Press

नाडामा महासचिव र कोषाध्यक्ष निर्विरोध निर्वाचित, कसलाई कुन पद ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को महासचिव र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । महासचिव सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल चयन भए ।

गत मंसिर २३ गते नाडाको ४५ औं वार्षिक साधारणसभापछिको निर्वाचनबाट अध्यक्षमा ध्रुववहादुर थापासहित अन्य सदस्यहरु निर्वाचित भएका थिए ।

केन्द्रीय उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनील रिजाल र निराकर श्रेष्ठ, सचिवमा बिक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् ।

राजनबाबु रिजाल र निराकर श्रेष्ठले बराबर मत ल्याएको कारणले नाडा कार्यसमितिमा एक÷एक वर्ष कार्यकाल बाड्ने सहमति भएको छ । पहिलो वर्ष रिजाल र दोस्रो वर्ष श्रेष्ठले उपाध्यक्षमा बस्ने सहमति भएको हो ।

प्रदेश उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । दीपक अग्रवाल, अभिमन्यू गोल्छा र शोहनलाल श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको छ ।

नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर