स्थानीय तहका थप २३२ कर्मचारीको सरुवा (सूचीसहित) – Nepal Press

स्थानीय तहका थप २३२ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । ​सरकारले स्थानीय तहमा कार्यरत थप दुई सय ३२ जना कर्मचारीको सरुवा गरेको छ । १५ दिन अघि मात्रै १ हजार ६१३ जना कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप दुई सय ३२ कर्मचारीको सरुवा गरेको हो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन मन्त्रालय र इमेलमार्फत मंगलबारसम्म निवेदन दिएका कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाजमा खटाइएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अनावश्यक भिडभाडलाई कम गर्न मन्त्रालयबाट कामकाजमा खटाइएको पत्र भौतिक रुपमा उपलब्ध नगराइने र मन्त्रालयको वेवसाईट मार्फत सार्वजनिक गरिने उनले बताए ।

मन्त्रालयले कामकाजमा खटाउने निर्णय प्रक्रियालाई त्रुटिरहित बनाउन प्रयास गरे पनि केहि त्रुटि भएमा मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाको इमेलमा टेलिफोनबाट जानकारी गराउन आग्रह गरेको छ ।

मापदण्ड बमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हो ।

मन्त्रालयको निर्णय अनुसार कामकाजमा खटाईएका कर्मचारीलाई प्रचलित कानून अनुसार रमाना दिने र हाजिर गराउने कार्य सहजरुपमा गराउन र त्यसको जानकारी मन्त्रालयमा गराउन पनि आग्रह गरिएको छ ।

मन्त्रिपरिषद्‍बाट स्वीकृत मापदण्ड अनुसार अन्तरस्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गरेका थिए ।

गत वैशाख २० गतेअघि मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाका लागि आवेदन माग गरेको थियो ।

हेर्नुहोस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर