प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र कोइराला पक्षबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज – Nepal Press

प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र कोइराला पक्षबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र शेखर कोइराला-विमलेन्द्र निधि पक्षबीच निर्वाचनको विषयलाई लिएर झडप भएको हो ।

प्रदेश २ मा कांग्रेसको नेतृत्व लिन संस्थापन पक्षबाट कोइराला-निधि पक्षबाट रामसरोज यादव सभापतिको उम्मेदवार छन् । देउवा पक्षबाट कृष्ण राय यादवले उम्मेदवारी दिएका छन् । कोइराला-निधि समूहले आजको मतदान स्थगित गरेर भोलि मात्र गर्ने प्रस्ताव राखेपछि देउवा समूह आक्रोशित भएको थियो ।

विवाद बढेर दुई पक्षबीच झडपको रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । कांग्रेस चुनावका लागि अहिलेसम्म मतपत्र समेत छापिएको छैन । चुनाव कहिले हुन्छ भन्ने पनि अनिश्चित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर